Logo

एमालेको अवरोधपछि संसद बैठक स्थगित



काठमाडौं, १९ असोज । नेकपा एमालेको अवरोधपछि प्रतिनिधि सभाको बैठक शुक्रबार दिउँसा १ बजेसम्मका लागि स्थगित भएको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पटक पटक अवरोध नगर्न आग्रह गरेपनि एमाले सांसदले नारावाजी गरेका थिए ।

आजको बैठक ८ मिनेट मात्र चलेको थियो । एमाले सांसदहरुले ‘कालो धन चाहिंदैन, देश लुट्न पाइँदैन’ भनी नारावाजी गरेका थिए ।

एमाले सांसदहरुले माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्ने निर्णयपछि सभामुख अग्निप्रसाद सापकोटाले सूचना टाँस नगरेको भन्दै विरोध गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्