Logo

चोरी भएका २१ ओटा सवारीसाधन बुझाउँदै ट्राफिक प्रहरी(फोटोफिचर)



काठमाडौँ, १९ असोज। महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २१ वटा मोटरसाइकल तथा स्कुटर सवारी धनीलाई बुझाएको छ। आज (मंगलबार) काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै महाशाखाले काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट हराएका २१ वटा मोटरसाइकल र स्कुटर सवारी धनिलाई जिम्मा लगाएको हो ।

हस्तान्तरण गरिएका २१ मध्ये १० वटा मोटरसाईकल र ११ वटा स्कुटर रहेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) जनक भट्टराईले भने, ‘हराउनु भन्दा पहिले नै सवारी चालकहरु शतर्क रहनु पर्छ।’ उनले हराएपछि प्रहरीले खोज्ने र बुझाउने प्रक्रिया धेरै भइसकेको भन्दै अब सवारीसाधन चालकहरुले आफ्नो सवारीसाधन कस्तो ठाउँमा छ र कसरी हराउन नदिने भनेर सोच्नुपर्ने बताए।

तस्बिर: मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्