Logo

इजरायली राष्ट्रपति इसहाक बाबी यार नरसंहारको वार्षिकोत्सवमा भाग लिन त्यसतर्फ प्रस्थान



जेरुसेलम, १९ असोज: इजरायली राष्ट्रपति इसहाक हर्जोग मङ्गलबार युक्रेनको बाबी यार नरसंहारको ८०औं वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा भाग लिन त्यसतर्फ प्रस्थान गरेका छन् । उक्त नरसंहार यहुदीको सबैभन्दा ठूलो सामूहिक हत्यामध्ये एक हो ।

नाजीद्वारा सन् १९४१ सेप्टेम्बर २९ र ३० मा घटाइएको उक्त घटनामा ३३,००० भन्दा बढी मानिस मारिएका थिए । ती मध्ये अधिकांश यहूदी थिए । गत जुलाईमा राष्ट्रपति पद सम्हालेका हर्जोगको यो पहिलो राजकीय भ्रमण हो । यद्यपि उनी छिमेकी जोर्डन राजा अब्दुल्लाह द्वितीयसँग वार्ताका लागि भने त्यसतर्फ गएका थिए । र्याभिन ९खोला० जसलाई बाबिन यार पनि भनिन्छ, त्यहाँ ३३००० जनालाई सामूहिक मृत्युदण्ड दिइएको थियो ।

मृत्युदण्डको बीभत्स दृश्यस्थलका रूपमा परिचित त्यसस्थलमा यहूदी, रोमा, र सोभियत युद्ध कैदीसहित १००,००० मानिस मारिएका थिए । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की, जो यहूदी वंशका हुन् उनले हर्जोगलाई उक्त समारोहमा आमन्त्रित गरेका थिए । गत हप्ता बाबी यारको भ्रमणको क्रममा उनले त्यहाँको त्रासदी कहिल्यै दोहोरिनु हुँदैन भनेका थिए । उनले भनेका थिए यस्तो त्रासदी युक्रेनमा छैन । युरोपमा कहीं पनि छैन । संसारमा कहीं छैन ।-एफपी/Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot