काठमाडौं, १९ असोज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज हरियाली छाएको छ । साताको कारोबारको तेस्रो दिन आज नेप्से ४१ दशमलव ८४ अंकले बढेर २६ सय १२ दशमलव ६५ को विन्दुमा रोकिएको हो ।
नेप्सेको अनुसार आज २ अर्ब ९९ करोड ६८ लाख १९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै शिखर इन्स्योरेन्स प्रोमोटर शेयरको १३ करोड ६५ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
त्यस्तै, मेरो माइक्रोफाइनान्स कम्पनीको आज ११ करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ । यसैगरी, हिमालयन डिस्टीलरीको ७ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेप्सेको अनुसार सिटिजन्स बैंकको ६ करोड ७२ लाख रुपैयाँ बढीको कारोेबार भएको छ ।





प्रतिक्रिया