Logo

ऐतिहासिक तस्बिर राख्दै यान्छीले किन गरिन् नेपालसँग चीनको सीमा विवाद नरहेको दाबी



काठमाडौं, १९ असोज । चिनियाँ राजदूत होउ यान्छीले नेपालसँग सीमा सन्धी भएदेखि कुनै पनि सीमा समस्या नभएको दाबी गरेकी छिन् । उनले ऐतिहासिक फोटो र दस्तावेजहरु समेत उल्लेख गर्दै त्यस्तो दाबी गरेकी हुन् ।

नेपाल र चीनबीच सीमा सन्धी भएको ६० वर्ष पुगेको उल्लेख गर्दै उनले भनेकी छिन्, ‘हाम्रो सीमा विवादरहित छ ।’

ट्वीटरमा राजदूत यान्छीले बेइजिङमा तत्कालिन राजा महेन्द्रको भ्रमण र चीनसँग नेपालको सीमा सन्धीमा हस्ताक्षरको तस्बिर समेत राखेकी छिन् । उनले सन् २०२० मा हुम्ला, संखुवासभा र ताप्लेजुङ जिल्लाका लागि चीनले तिब्बतबाट पठाएको महामारीविरुद्धको अत्यावश्यक सामाग्रीको तस्बिर समेत उल्लेख गरेकी छिन् ।

तस्बिरहरु चेक गर्न भन्दै राजदूत यान्छीले कुनैपनि प्रकारको सीमा समस्या नभएको दाबी गर्नुलाई अर्थपूर्ण मानिएको छ । सरकारले भने चीनसँगको सीमा समस्याबारे अध्ययन गर्न टोली नै पठाएर प्रतिवेदन तयार गरिसकेको छ ।

सीमा अध्ययन प्रतिवेदनका आधारमा परराष्ट्रलाई गृह मन्त्रालयले पत्राचार गरिसकेको छ । यसका आधारमा अब परराष्ट्रले चीनसँग सीमा समस्याबारे कुटनीतिक पहलको प्रक्रिया बढाउने भएको छ ।



प्रतिक्रिया दिनुहोस्