Logo

भौतिक पूर्वाधार मन्त्रालय नपाए उपेन्द्र यादवको पार्टी सरकारमा नजाने



काठमाडौं, १९ असोज । सत्तापक्षीय गठबन्धनमा मन्त्रालयको भागबण्डा टु्ँगो लागेपनि कुन मन्त्रालय कुन पार्टीले लिने भन्नेबारे अन्तिम सहमति भएको छैन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नपाए सरकारमा नै नजाने भएको छ ।

आज (मंगलबार) विहान भएको गठबन्धनका शीर्ष नेताहरुको सहमतिअनुसार कांग्रेसले ६ वटा मन्त्रालय पाएको छ । उता, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जसपा, नेपालले ५/५ वटा मन्त्रालय र एक/एक जना राज्यमन्त्री पाउने सहमति भएको छ ।

अहिले कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्की कानूनमन्त्री, डा. नारायण खड्का परराष्ट्रमन्त्री र उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री छन् । उता, माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुषाल उर्जामन्त्री बनिसकेकी छिन् । नयाँ सहमतिअनुसार माओवादीले अब कृषि, खानेपानी र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय पाउने भनिएको छ ।

माधव नेपालको नेकपा (एकीकृत समाजवादी) ले पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति र युवा तथा खेलकुद र रक्षा मन्त्रालय पाउने भनिएको छ । त्यस्तै, जसपाले भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, श्रम तथा रोजगार, वन तथा वातावरण र शिक्षा मन्त्रालय पाउने भनिएको छ । उता, जसपाका नेता तथा सांसद प्रदीप यादवले आफ्नो पार्टीले भौतिक पूर्वाधार मन्त्रालय नपाए पार्टी सरकारमा नै नजाने स्पष्ट पारेका छन् । file photo

 



प्रतिक्रिया दिनुहोस्