Logo

तीन वैज्ञानिकलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार



एजेन्सी, १९ असोज । यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीनजना वैज्ञानिकलाई प्रदान गर्ने घोषणा भएको छ । उनीहरुम्धये जर्मनीका क्लाउस हसेलमान, अमेरिकाका सुकुरो मानाबे र इटालीका जियोरजिओ पेरिसी छन् ।

हसेलमान र मानाबेले पृथ्वीको मौसमको भौतिक मोडलिङ, ग्लोबल वार्मिङको आँकलनसम्बन्धी सुचकसम्बन्धी अध्ययनका लागि प्रदान गरिएको उल्लेख छ । पेरिसीलेले भौतिक पद्धतिबारे महत्वपूर्ण अन्वेषण गरेका थिए ।

पुरस्कारको आधा राशी हसेलमान र मानाबेलाई र बाँकी आधा पेरिसीलाई जाने भएको छ ।-Photo Source: © EPA-EFE/Pontus Lundahl



प्रतिक्रिया दिनुहोस्