Logo

सिटौला समूहबाट उमाकान्त चौधरी मन्त्री बन्ने पक्का



काठमाडौं, १९ असोज । नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहबाट उमाकान्त चौधरी मन्त्री बन्ने पक्का भएको छ । आज सिटौला समूहको बैठकले उनलाई मन्त्रीका लागि सिफारिश गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले सिटौला समूहलाई एक मन्त्री दिने निर्णय लिएका थिए । सिटौला समूहबाट प्रत्यक्ष निर्वाचित सांसदमध्ये चौधरी र भीमसेनदास प्रधान मात्र थिए । सिटौलाले भने चौधरीलाई अगाडि बढाउने निर्णय लिए ।

सिटौलाको निर्णयपछि प्रधान भने असन्तुष्ट बनेको बुझिएको छ । उनी देउवा समूहमा लाग्ने सम्भावना देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्