Logo

अन्तरीक्षमा पहिलो चलचित्र बनाएर इतिहास रच्दै रुस



एजेन्सी, १९ असोज । रुसले अन्तरीक्षमा नयाँ इतिहास रच्ने भएको छ । अन्तरीक्षका लागि प्रक्षेपण भएको रुसी यानमा कलाकार र निर्देशक समेत छन् ।

रुसी अन्तरीक्ष वैज्ञानिक एन्टोन साप्लेरोभसहित अभिनेत्री युलिया पेरेसिल्ड र निर्देशक क्लिम सिपेन्को यानमा छन् । उनीहरुले अन्तरीक्षमा पहिलो एक्सन चलचित्रको छाँयाकन गर्नेछन् ।
रुसी अन्तरीक्ष केन्द्रमा प्रवेश गरी चलचित्रको सुटिङ हुने भएको छ ।

रुस अन्तरीक्षमा मानव पठाउने पहिलो देश हो । अन्तरीक्षमा पहिलो महिला पठाउने पनि रुस नै हुन् । अन्तरीक्षमा रुसका धेरैभन्दा धेरै किर्तिमान छन् । चन्द्रमामा पनि रुसले पहिलोपटक यान पठाएको थियो ।-Photo Source: NASA



प्रतिक्रिया दिनुहोस्