Logo

धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना बर्खास्त



काठमाडौं, १९ असोज । सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको हो । ढुंगानाले सर्वोत्तम सिमेन्टको शेयर छोरीका नाममा किनेको प्रमाण बहिरिएसँगै उनी छानविनमा परेका थिए ।

उक्त छानविनका लागि बनाइएको न्यायिक समितिले दिएको प्रतिवेदनका आधारमा सरकारले ढुंगानालाई बर्खास्त गरेको हो । बुक विल्डिङ प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको १२ हजार कित्ता शेयर ढुंगानाले अमेरिका बस्ने आफ्नी छोरी रेविकाको नाममा लिएका थिए ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम