Logo

अन्तरराष्ट्रिय व्यापारमा विविधीकरण



काठमाडौं, असोज २० । नेपालले वैदेशिक व्यापारलाई विविधीकरण गर्दै लैजाने बताउँदै आए पनि निकासी पैठारीमा भारतको अंश घट्न सकेको छैन । नेपालका प्रमुख वैदेशिक व्यापार साझेदार मुलुकमध्ये आयातनिर्यातमा भारतकै अंश सबैभन्दा बढी रहेको छ । भारतबाहेक अन्य देशसँग नेपालको वैदेशिक व्यापार खासै उत्साहजनक छैन ।

भन्सार विभागको २०७७/७८ को तथ्यांक हेर्दा यो वर्ष नेपालले कुल १५ खर्ब ३९ अर्ब रुपैयाँको वस्तु आयात ग¥यो भने १ खर्ब ४१ अर्ब रुपैयाँको वस्तु निर्यात गर्‍यो ।

प्रमुख १० व्यापार साझेदार मुलुकमध्ये भारतबाट मात्रै ९ खर्ब ७१ अर्ब ६० करोड रुपैयाँको आयात भएको देखिन्छ भने निर्यात पनि भारतमै सबैभन्दा बढी भएको छ । गत आवमा १ खर्ब ६३ अर्ब ७ करोड रुपैयाँको वस्तु निर्यात भएको देखिन्छ ।

भारतपछि नेपालले बढी आयात गर्ने मुलुक चीन हो । चीनबाट गत आवमा २ खर्ब ३३ अर्ब ८२ करोड बराबरको वस्तु आयात भएको छ । चीनतर्फको निर्यात भने निकै कमजोर रहेको तथ्यांकले देखाउँछ । उक्त वर्ष १ अर्ब २ करोड रुपैयाँको मात्रै चीनमा निर्यात भएको थियो ।

नेपालले बढी वस्तु निर्यात गर्ने मुलुकमा भारतपछि संयुक्त राज्य अमेरिका पर्छ । समीक्षा वर्षमा अमेरिकामा १३ अर्ब ७९ करोड रुपैयाँको निर्यात भएको देखिन्छ ।

नेपालले बढी आयात गर्ने तेस्रो मुलुक अर्जेन्टिना हो । अर्जेन्टिनाबाट नेपालले ४१ अर्ब ९४ करोड रुपैयाँको सामान आयात गरेको छ ।
आर्र्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्