Logo

बजाज पल्सर एभरेष्ट प्रिमियर लिगः आज दुई खेल हुँदै



काठमाडौं, असोज २० । चौथो संस्करणको बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा आज दुई खेल हुँदैछ । पहिलो क्वालिफयर्स अन्तर्गत हुने खेलमा चितवन टाइगर्स र पोखरा राइनोज भिड्नेछन् । खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहान ९ः१५ बजे शुरु हुनेछ ।

यस खेलको विजेताले सिधैं फाइनलमा आफ्नो स्थान सुरक्षीत गर्नेछ भने पराजित हुने टोलीले फाइनल पुग्ने फेरि अर्को मौका पाउनेछ । चितवन लिगको शिर्ष स्थानमा रहँदै प्लेअफमा प्रवेश गरेको हो । चितवनले लिगचरणको ५ खेल मध्य ४ खेलमा जित निकाल्दै ८ अङ्क जोडेको हो । यता पोखरा भने ५ खेलबाट ७ अङ्क जोड्दै दोस्रो स्थानमा रहेर प्लेअफमा पुगेको हो ।

आजै हुने इलिमिनेटरको खेलमा काठमाडौं किङ्स ११ र भैरहवा ग्लाडियटर्स भिड्नेछन् । टियु क्रिकेट मैदानमै हुने खेल दिउँसो १:३० बजे शुरु हुनेछ । आजको खेलको विजेताले फाइनल प्रवेशको लागि भोलि पहिलो क्वालिफायर्समा पराजित हुने टोलीसँग खेल्नेछ । भैरहवा ५ खेलबाट ७ अङ्क जोड्दै तेस्रो स्थानमा रहेर प्लेअफमा पुगेको हो ।



प्रतिक्रिया दिनुहोस्