Logo

देउवा सरकारमा इन्ट्री पाउन लागेका यी भाग्यमानी (सुचीसहित)



काठमाडौं, २० असोज । सत्ता गठबन्धनबीच मन्त्रालय भागवण्डाको टुंगो लागेपछि नयाँ बन्ने मन्त्रीको सुची दलहरुले तयार गर्दैछन् । कतिपय नामहरु निश्चित भइसकेपनि केही नामबारे अझै गृहकार्य चलिरहेको छ ।

नेपाली काँग्रेसले ३ मन्त्री र १ राज्यमन्त्री बनाइसकेको छ । अब उसले ३ मन्त्री थप्दैछ । थपिनेहरुमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट २ र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट १ छन् ।

नेकपा माओवादी केन्द्रबाट मन्त्री बन्ने नामबारे लगभग टुंगो लागिसकेको छ । स्थायी कमिटी बैठक बसेर अन्तिम निर्णय लिने तयारी भएको छ ।

नेकपा एकीकृत समाजवादीबाट पनि मन्त्री बन्ने नाम निश्चित भइसकेको छ । एसले पनि स्थायी कमिटी बैठक बसी अनुमोदन गर्ने भएको छ ।

जनता समाजवादी पार्टीमा भने आकांक्षी धेरै भएकाले समस्या छ । तर, त्यहाँ पनि नामको टुंगो लाग्दैछ ।

नयाँ बन्ने सम्भावित मन्त्रीहरु

नेपाली काँग्रेस
डा. मीनेन्द्र रिजाल, उमाकान्त चौधरी, सुजाता कोइराला र पुष्पा भुसालमध्ये एक, तेजुलाल चौधरी र राजन केसीमध्ये एक

नेकपा माओवादी केन्द्र
देवेन्द्र पौडेल, रामेश्वर राय यादव, अमनलाल मोदी, अन्जना विशंखे र कमला रोकामध्ये एक

नेकपा एस
भवानी खापुङ, विरोध खतिवडा, किसान श्रेष्ठ, रामकुमारी झाँक्री, प्रेम आले

जसपा
महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राई, डा. सुरेन्द्र यादव, अमृता अग्रहरी र रेनु यादवमध्ये एक



प्रतिक्रिया दिनुहोस्

Screenshot