Logo

कामना बैंकको अनलाईन डिम्याट सुविधा



काठमाडौं, २० असोज । कामना सेवा विकास बैंकले अनलाईन मार्फत डिम्याट सुविधा सञ्चालनमा ल्याएको छ । बैंकमा बचत खाता भएका ग्राहकहरुले घरमै बसी सहज रुपमा बैंकको अनलाईन मार्फतनै डिम्याट खाता तथा मेरो शेयर खोल्नु सक्ने बैंकले जनाएको छ ।

बैंकको अनुसार अनलाईन मार्फत खाताको लागि आवेदन दिएको केहि समयमै डिम्याट खाता खोलिने व्यवस्था बैंकले गरेको छ । साथै बैंकमा खाता नभएका ग्राहक महानुभावहरुले अनलाईनबाटै उच्चतम ब्याजदर सहितको बैंकको नयाँ शुभलाभ लगानी बचत खाता खोली यो सुविधा उपभोग गर्न पाउने भएका छन् ।

जस अन्तर्गत ग्राहकहरुले प्रथम वर्ष निःशुल्क मोबाईल तथा ईन्टरनेट बैकिङ, तथा लकर सुविधा प्राप्त गर्न सक्नेछन् । देशभर फैलिएका बैंकको १२९ शाखा तथा एक विस्तारीत शाखाबाट डिम्याट खाता सम्बन्धी सुविधाहरु सजिलै प्राप्त गर्न सकिनेछ ।



प्रतिक्रिया दिनुहोस्