Logo

एमसिसीको जग्गामा विप्लव नेकपाको झन्डा



काठमाडौं, असोज २० । नुवाकोटको बेलकोटगढी–७ रातमाटेमा रहेको ३८५ रोपनी जग्गा कब्जा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो कब्जामा लिएको छ ।

अमेरिकी सहायता परियोजना (एमसिसी) ले परियोजनाअन्तर्गतको कामका लागि स्थानीयबाट करिब एक अर्ब ४० करोडमा किनेको जग्गामा विप्लव नेतृत्वको नेकपाले झन्डा गाडेको हो ।

नेकपाका जिल्लास्तरीय नेताहरुको टोलीले पार्टीको झण्डा गाड्दै ज–जसको जग्गा हो उनीहरुले नै भोगचलन गर्न भनेका छन्। कसैले कब्जा गरिएको जग्गा स्थानीयबाट लिन खोजेमा कडा कारवाही गर्ने चेतावनीसमेत दिएका छन्।



प्रतिक्रिया दिनुहोस्