Logo

‘रामायण’ मा रावणको भूमिका निभाउने अभिनेता अरविन्द त्रिवेदीको निधन



काठमाडौं, असोज २० । पौराणिक कार्यक्रम ‘रामायण’ मा रावणको भूमिका निभाएका अरविन्द त्रिवेदीको गए राति निधन भएको छ ।

सन् १९८० को दशकमा दूरदर्शनमा प्रसारित हुने रामानन्द सागरको लोकप्रिय धारावहिक ‘रामायण’ मा रावणको भूमिका निभाउने अभिनेता अरविन्द त्रिवेदीको मंगलबार राती निधन भएको हो । लामो समयदेखि स्वास्थ्य समस्याबाट पीडित ८३ वर्षीय त्रिवेदीको आफ्नै घरमा निधन भएको हो ।

‘रामायण’ मा रावणको भूमिका निभाउनुका साथै त्रिवेदीले धारावाहिक ‘विक्रम और बेताल’ मा पनि महत्त्वपूर्ण भूमिका निभाएका थिए । यसका साथै उनी गुजराती सिनेमा जगतमा पनि परिचित थिए ।

यही वर्षको मे महिनामा पनि उनको मृत्युलाई लिएर सामाजिक सञ्जालमा अफवाह फैलिएको थियो । त्यस समय ‘रामायण’ मा लक्ष्मणको भूमिका निभाउने सुनील लहरीले त्यो अफवाहलाई खारेज गर्दै अरविन्द त्रिवेदी जीवित रहेको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्