Logo

मन्त्री छान्न जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै



काठमाडौं, असोज २० । जनता समाजवादी पार्टी (जसपा) ले कार्यकारिणी समिति बैठक बोलाएको छ ।मन्त्रालयको भागबण्डा टुंगिएपछि सत्ता साझेदार दल जसपाले कार्यकारिणी समिति बैठक बोलाएको हो।

दलका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाउन जसपाले बिहान ११ बजे बस्नेगरि बैठक बोलाएपनि बैठक अझै सुरु हुन सकेको छैन् । बैठक पार्टी कार्यालय बालकुमारीमा बस्न लागेको हो । बैठकको मुख्य एजेण्डा पार्टीका तर्फबाट सरकारमा सहभागी हुनेहरुको टुंगो लगाउने रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot