Logo

डा प्रकाशशरण महतसहितको टोली भारत जाँदै



काठमाडौं, असोज २० । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतसहितको टोली मित्र राष्ट्र भारत भ्रमणमा जाने भएको छ । सत्तारुढ दल भारतीय जनता पार्टी (बिजेपी)को निमन्त्रणमा पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका महतसहितको तीन सदस्यीय टोली विहिबार भारत भ्रमणमा जान लागेको हो ।

भ्रमण टोलीमा पूर्व राज्यमन्त्री उदयशमशेर राणा र नेता अजय चौरसिया सहभागी हुने बुझिएको छ । चार दिने सद्भाव भ्रमणका क्रममा नेताहरूले बिजेपीका सभापति, महासचिव तथा भारतका परराष्ट्र मन्त्रीलगायतसँग भेट्ने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot