Logo

शनिबारदेखि खसीबोका बिक्री



काठमाडौं, २० असोज । कम्पनीले शनिबारदेखि खसीबोका बिक्रीको तयारी भएको कम्पनीले जनाएको छ । “हामीले घटस्थापनाको भोलिपल्टदेखि थापाथली बिक्री काउन्टरबाट खसीबोका बिक्रीको तयारी गरेका छौँ, बिहीबार बेलुका खसीबोका आइपुगे शुक्रबार बिहानदेखि वा शुक्रबार बेलुका आइपुगे शनिबारदेखि नै बिक्री गछौँ”, सूचना अधिकारी न्यौपानेले भने ।

कम्पनीले यस वर्षको दशैका लागि मुस्ताङबाट च्याङ्ग्रा नल्याएपछि दाङ र मकवानपुरको पहिलो लटमा एक हजार ७०० खसी तथा बोका ल्याउने जनाएको छ ।

दुई जिल्लामा खसी बोका खरिद भए पनि काठमाडौँमा कतीमा बिक्री गर्ने भन्ने मूल्य निर्धारण भइनसकेको जनाइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot