Logo

बाबुछोरी टाढिएर चाडपर्व मनाउनुपर्दाको पीडा बोकेको लघुचलचित्र ‘छोरी’को ट्रेलर सार्वजनिक



काठमाडौं, २० असोज । बाबुछोरी टाढीएको पीडामा निर्माण गरिएको लघुचलचित्र ‘छोरी’को ट्रेलर सार्वजनिक भएको छ । बुढेसकालका बाबु र विदेशमा रहेकी छोरीले एक्लाएक्लै चाडपर्व मनाउनुपर्दाको पीडा चलचित्रमा उतारिएको छ । परदेशमा सुखमय जीवन बिताइरहेकी छोरी चाडपर्व नजिकिँदै गर्दा आफ्ना आफन्त भेट्न आतुर हुन्छिन् । तर, व्यस्तताका बाबजुद जन्मभूमि आउन नपाउँदाको छोरीको पीडा र बुढेसकालमा छोरीबिना एक्लै चाडपर्व मनाउँदा निकै पीडामा देखिन्छन् ।

चलचित्र निर्माता सुवासप्रसाद पाण्डे र नवराज भण्डारीको कार्यकारी निर्माता रहेको यस चलचित्रमा वसन्त पोखरेलको लेखन र निर्देशन छ । १५ मिनेटको समय अवधिमा फिल्मको कथा सकिएको छ ।

चलचित्रमा वसन्तसँगै, सरिता भुजेल, अजय पन्त र सुरेन्द्र थापालगायत कलाकारको अभिनय छ । फिल्मको प्रस्तुकर्ता सुरेन्द्र थापा हुन् ।



प्रतिक्रिया दिनुहोस्