Logo

गोर्खाज फाइनान्समा नयाँ सञ्चालक समिति



काठमाडौं, २० असोज। गोर्खाज फाइनान्समा ६ जना सञ्चालक समितिका सदस्यहरू चयन भएका छन् । सभाले संस्थापक समूहतर्फबाट ३ जना र सर्वसाधारण समूहतर्फ ३ जना गरी ६ जना सदस्यहरू सहमतिमा चयन गरेको हो । आइतबार सम्पन्न २६औँ बार्षिक साधारणसभाबाट नयाँ सञ्चालक समिति चयन भएको हो ।

सभाको संस्थापकतर्फबाट प्रेम बहादुर खापुङ, डेकिन्द्र कुमार राई र कर्ण बहादुर राई र सर्वसाधारणतर्फबाट नरेन्द्र कुमार अग्रवाल, रेशु अग्रवाल र गौरव बुढाथोकी निर्विरोध चयन भएका छन ।

 



प्रतिक्रिया दिनुहोस्