Logo

पर्यटनमा मेटमणि चौधरी र रक्षा मन्त्रालयमा झाँक्रीलाई पठाउने माधव नेपालको तयारी



काठमाडौं, २० असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले आज/भोलिभित्रै सरकारलाई पूर्णता दिने भएका छन् । मन्त्रालयको भागबण्डा टुँगो लागेसँगै प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुने दलका नेताहरुसँग मन्त्रीको नाम मागेका छन् । अहिले कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी, नेपाल आन्तरिक छलफलमा जुटेका छन् ।

दुई वटा मन्त्रालय पाएको पौडेल पक्षमा मन्त्रीमा १० जनाको दाबी, बैठकमा भाँडभैलो

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले चार वटा मन्त्रालय र एक राज्यमन्त्री पाएको छ । अध्यक्ष नेपालले विरोध खतिवडाको नेतृत्वमा पार्टीलाई सरकारमा सहभागी गराउन लागेका हुन् । खतिवडा सहरी विकास मन्त्री बन्ने भएका हुन् । त्यस्तै, रामकुमारी झाँक्रीलाई रक्षा र मेटमणि चौधरीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बनाउने तयारी भएको छ । त्यस्तै, जीवनराम श्रेष्ठलाई युवा तथा खेकलुद र राज्यमन्त्री किसान श्रेष्ठलाई पठाउने करिब-करिब निश्चित् भएको एक नेताले जनाए ।

उता, सांसद मेटमणि चौधरीले आफूलाई पर्यटन मन्त्रालयको नेतृत्व दिने पार्टीभित्र सहमति भएको प्रतिक्रिया दिए । पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा चौधरीले भने,‘पर्यटन मन्त्रालयमा मलाई पठाउने सहमति भएको छ । अध्यक्षज्यूले पनि यही भन्नुभएको छ ।’ यसअघि पर्यटन मन्त्रालयमा प्रेम आलेको नाम चर्चामा थियो । आलेलाई पर्यटनमन्त्री बनाउनको लागि अध्यक्ष नेपाल पनि सकारात्मक भएको समाचार थिए ।

कुन दललाई कुन मन्त्रालय (सुचीसहित)



प्रतिक्रिया दिनुहोस्

Screenshot