Logo

चेतमायाले पाएको त्यो अवार्ड



काठमाडौं, २० असोज । हरेक वर्ष नेपाल प्रहरीमा ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ कस्ले पाउने चासो बन्ने गर्दछ । प्रहरी दिवसमा सेवानिवृत्त प्रहरीमध्येबाट प्रदान गरिने यो अवार्ड वरिष्ठ पूर्व प्रहरीले नै पाउने गर्दथे ।

पूर्वआइजीपी, पूर्वएआइजी या पूर्वडिआइजीसम्मले अवार्ड पाएका थिए । यसपटक पनि धेरैले कुनै पूर्वआइजीपी या पूर्वडिआइजीले पाउने ठानेका थिए । तर, लाइफ टाइम एचिभमेन्ट अवार्डका पूर्व प्रहरी सहायक नीरिक्षकको नाम वाचन भयो । त्यो पनि महिलाको ।

अवार्ड लिन वृद्धा अगाडि बढिन् । उनी पूर्व प्रहरी सहायक नीरिक्षक चैतमाया डंगोल हुन् ।

प्रहरीमा महिलाहरु विरलै हुने बखत उनी सेवामा जोडिएकी थिइन् । त्यसकारण पनि उनलाई अवार्ड दिइयो । प्रधानमन्त्री शेरबहादुर देउवाले अवार्ड हस्तान्तरण गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot