Logo

बाइडेन र सि बिच ताइवानको बिषयमा आकस्मिक छलफल



एजेन्सी, २० असोज । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सि जिङ पिङबीच आकस्मिकरुपमा छलफल भएको छ ।
हिजो (मंगलबार) ह्वाइट हाउसमा पत्रकारहरुसँग बोल्दै अमेरिकी राष्ट्रपति वाइडेनले ताइबानमाथि चीनले गरेको पछिल्लो श्रृंखलाबद्ध गतिविधिबारे आफु र चिनियाँ राष्ट्रपति सि जिङ पिङबीच छलफल भएको बताएका हुन् ।

‘यसबारेमा हामी दुई बीच कुरा भएको छ मलाई लाग्छ चीनले आफ्नो सम्झौता पालना गर्नुबाहेक अन्य विकल्प छैन्’, उनले भने । चीनले सोमबार आफ्नो वायु रक्षा क्षेत्रमा ५६ युद्धक विमान पठाएको ताइबानले दाबी गरेको छ ।

स्वायत्त राज्य ताइबानले पछिल्लो समय चीन र आफुबीच ४० वर्षयताकै खराब सम्बन्ध भएको प्रतिक्रिया दिएको छ ।
ताइबानका रक्षा मन्त्री सिउ कुओ चेङले आज चीनको पछिल्लो सैन्य गतिविधिले तनाव दिएको भन्दै प्रतिक्रिया दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्