Logo

भैरहवाले काठमाडौंलाई दियो १ सय ८९ रनको चुनौति



काठमाडौं, २० असोज । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपिएल) टी—ट्वान्टी क्रिकेटमा भैरहवा ग्लाडियटर्सले काठमाडौं किङ्सलाई १ सय ६५ रनको लक्ष्य दिएको छ ।

टियू क्रिकेट मैदानमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भैरहवाले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८८ रन जोडेको हो । भैरहवाका लागि कप्तान सरद भेस्वाकारले २० बलमा ३ छक्का र ७ चौका प्रहार गर्दै सर्वाधिक ४९ रन बनाउन सफल भए ।
ओपनिङ ब्याट्स म्यान तामिम इक्बल तेस्रो ओभरमा ९ रन जोडेर पबिलियन फर्किए ।

साथै, अर्का ओपनर प्रदिप ऐरी २७ बल खेल्दै १ छक्का र ४ चौकाको सहयोगमा ३९ रन जोडे भने उपुल थरङ्गाले ३५ रन बनाए । कुशल मल्लले २० बल खेल्दै ३२ रन जोडे । रोहित कुमार पौडेलले १, आरिफ सेखले १५ रन जोड्दा रन आउट हुन पुगे । दुर्गेश गुप्ता सुन्य रनमा आउट भए । धमिका प्रसादले १ रन जोडे ।

काठमाडौंका जनक प्रकाश, सेर मल्ल र जितेन्द्र मुखियाले समान एक/एक विकेट लिए । साथै, सन्दीप लामिछाने र प्रीयन्जनले समान २÷२ विकेट लिए ।

 



प्रतिक्रिया दिनुहोस्