Logo

आज नेप्सेमा उच्च अंकको बृद्धि हुँदा ४ अर्बको कारोबार



काठमाडौं, २० असोज । साताको कारोबारको चौथो दिन आज नेप्सेमा हरियाली छाएको छ । नेप्से आज ६८ दशमलव ४७ अंकले बढेर २६ सय ८१ दशमलव १० बिन्दु कायम भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज १२ दशमलव ७२ अंकले बढेर ५०४ दशमलव ७३ बिन्दुमा पुगेको हो ।

नेप्सेको अनुसार २२७ कम्पनीको ५५ हजार ३ सय ८५ पटक कारोबार भएर ४ अर्ब ५० करोड ६ लाख ५८ हजार १४२ रुपैयाँ बराबरको ८१ लाख ८९ हजार ८ सय ९० कित्ता शेयर किनबेच भएको हो । आज सबै समुहका सुचक बढेका छन् ।



प्रतिक्रिया दिनुहोस्