Logo

विश्वभर कोरोना संक्रमण दर घटेसँगै नयाँ उत्साह



काठमाडौं, २० असोज । विश्वभर कोरोना भाइरसको संक्रमण घट्दै गएको छ । संक्रमण घटेसँगै विश्वमा नयाँ उत्साह र आशा जागेको छ ।

गएको एक हप्ताबीच कोरोना भाइरसको संक्रमण ९ प्रतिशतले घटेको छ । २७ सेप्टेम्बर देखि ३ अक्टोबरबीच ३१ लाख नयाँ संक्रमित भेटिएका छन् । ५४ हजारको मृत्यु भएको छ । यो अघिल्लो हप्ताको तुलनामा घट्दो दर हो ।

मृत्यु दर ४ प्रतिशतले घटेको छ । विश्वभर अगष्ट महिनाको तुलनामा सेप्टेम्बरमा कोरोना संक्रमित र मृत्यु दर घट्दो छ । अफ्रिका, दक्षिणपूर्वी एशिया, अमेरिका, युरोपमा संक्रमण दर निकै घटेको छ ।

रोकथामको उपाय र भ्याक्सिनका कारण पनि संक्रमण दर घटेको बताइन्छ । संक्रमण घटेपछि विश्वभर आर्थिक तथा सामाजिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ ।

कोरोना भाइरसको महामारीले विश्वमा मानिसहरुको दैनिक जीवनमा नकारात्मक असर पर्दै आएको छ । यसले विपन्न वर्ग निकै समस्यामा परेका छन् ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot