Logo

नेप्से उच्च अंकले बढ्दा सिटिजन्स बैंकको सर्वाधिक कारोबार



काठमाडौं, २० असोज । आज शेयरबजार उच्च अंकले बृद्धि हुँदा ४ अर्ब ५० करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
नेप्सेको अनुसार आज सबैभन्दा धेरै सिटिजन्स बैंकको शेयर कारोबार भएको छ । बैेंंकको आज २३ करोड ४ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको हो ।

त्यस्तै, एनआइसी एशिया लघुवित्तको १६ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेप्सेको अनुसार निर्धन उत्थान लघुवित्तको १६ करोड ७८ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको हो ।

हिमालयन डिस्टीलरीको १४ करोड ७५ लाख, छिमेक लघुवित्तको ११ करोड १८ लाख बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्