Logo

तालिवानले विश्वकै अग्लो बुद्धमूर्ति ध्वस्त पारेको बामियानमा भोकमरी



एजेन्सी, २० असोज । अफगानिस्तानमा तालिवान सत्तामा आएपछि आर्थिक संकट चुलिएको छ । गरिबी बढ्दै गएको छ । सर्वसाधारण भोकमरीमा पर्न थालेका छन् । यसको असर कुनैबेला सँसारकै ठूलो बुद्धमूर्ति रहेको बामियान क्षेत्रमा सबैभन्दा बढी परेको छ ।

अलजजिराका अनुसार बामियान उपत्यकामा मानिसहरु खाद्यान्न अभावमा परेका छन् । उनीहरु आर्थिक संकटका कारण भोकभोकै पर्न थालेका छन् ।

पहाडी भूभागमा सबैभन्दा समस्या परेको छ । हजारौं मानिसहरु चट्टाने गुफामा बस्दै आएको त्यस क्षेत्रमा भोकमरी बढेको छ ।

कुनैबेला बुद्धमूर्ति हुँदा पर्यटकीय क्षेत्र थियो बामियान । अहिले त्यहाँ बुद्धमूर्ति बिष्फोट गराइएपछि पर्यटक आउन छाडेका छन् ।-Photo Source: AFP



प्रतिक्रिया दिनुहोस्