Logo

पौडेल पक्षले ३ मन्त्रालय माग्यो



काठमाडौं, २० असोज । नेपाली काँग्रेसको पदाधिकारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले ३ मन्त्रालय मागेको छ । यसअघि सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले २ मन्त्रालय दिने सहमति गरेकोमा पौडेल पक्षले संख्या बढाउन माग गरेको हो ।

बैठकमा देउवाले मन्त्री बन्नेको नाम मागेपछि पौडेलले संख्या थप्न भनेको बुझिएको छ । संख्या थप्नेबारे पौडेल पक्षले विषय उठाएपनि देउवा तयार भएका छैनन् ।

पौडेल पक्षमा आकांक्षी धेरै भएपछि समस्या आएको छ । सुजाता कोइराला, डा. मीनेन्द्र रिजाल, तेजुलाल चौधरी, दिलेन्द्रप्रसाद बडु र राजन केसी दाबेदार छन् । सुजातालाई रोक्न कठिन भएपछि पौडेल मन्त्रीको संख्या बढाएर भएपनि व्यवस्थापन गर्न लागेका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्