Logo

श्रमजिवी पत्रकारको पक्षमा महासंघ धर्नामा (फोटोफिचर)



काठमाडौं, २० असोज । श्रमजिवी पत्रकारका पक्षमा नेपाल पत्रकार महासंघले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ । जहाँ श्रम समस्या, त्यहाँ नेपाल पत्रकार महासंघ भन्ने नाराका साथ महासंघले बुधबार काठमाडौंमा बृहत ऐक्यवद्धता प्रर्दशन गरेको हो । चाडवाडका बेला समेत केही सञ्चारसंस्थाले पारिश्रमिक नदिएको, कोरोनालाई देखाउदै संचारगृहबाट पत्रकारलाई निश्कासन गरेको भन्दै पत्रकार महासंघको नेतृत्वमा प्रदर्शन भएको हो ।

प्रदर्शनमा सहभागी पत्रकारहरुले पेशागत अधिकार रक्षाका लागि आन्दोलन जारी छ , हामी पत्रकार चाहन्छौ श्रम अधिकार , सञ्चारमाध्यमभित्रको श्रम समस्या समाधान गर लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा महासंघका उपाध्यक्ष रमेश बिष्टले अहिले आन्दोलनको सुरुवातमात्र भएको भन्दै पत्रकारको हकहितका लागि सञ्चारगृहका साथै सञ्चारगृहका सञ्चालकको घरको ढोका धर्ना दिने चेतावनी दिए ।

त्यस्तै महासंघका महासचिव रोशन पुरीले श्रम समस्या सम्बोधनका लागी महासंघले सरोकारवाला निकायको ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको बताए । महासंघले पारिश्रमिकसँगै श्रमसँग जोडिएका अन्य समस्या समाधान हुनपर्ने माग अघि सारेको छ । त्यस्तै महासंघले अव पत्रकारको पक्षमा निरन्तर दवावमुलक कार्यक्रम गर्ने जनाएको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्