Logo

ईपिएलमा काठमाडौं १६ रनले पराजित, भैरहवा क्वालिफायरमा



काठमाडौं, २० असोज । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपिएल) टी—ट्वान्टी क्रिकेटमा काठमाडौं किङ्स भैरहवा ग्लाडियटर्ससँग १६ रनले पराजित भएको छ ।
टियू क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भैरहवाले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८८ रन जोड्दै काठमाडौंलाई १८९ रनको चुनौति दिएको थियो ।

जसलाई पछ्याउने क्रममा काठमाडौंले २० ओभरमा ८ विकेट गुमाउदै १७२ रन मात्र बनाउन सक्यो । यस जितसँगै भैरहवा क्वालिफायरमा प्रवेश गरेको छ भने काठमाडौं लिगबाट बाहिरिएको छ । काठमाडौंका लागि असान प्रीयन्जनले सर्वाधिक ६८ रनको अर्धसतकिय पारी खेले ।

जनक प्रकाशले १४ बलमा २८ रन बनाए । यस्तै अमित श्रेष्ठले १९, दिनेश अधिकारीले १५, राजु रिजालले १०, अम्मर रौटेलाले ५ रन जोडे । रायन ब्रुलले खाता खोल्न सकेनन् । साथै, कप्तान सन्दीप लामिछाने ६ रन जोड्दै रन आउट हुन पुगे । आसिफ सेख, कुशल मल्ल र धम्मीका प्रसादले समान २/२ विकेट लिए । दुर्गेश गुप्ताले १ विकेट लिए ।

भैरहवाका लागि कप्तान सरद भेस्वाकारले २० बलमा ३ छक्का र ७ चौका प्रहार गर्दै सर्वाधिक ४९ रन बनाउन सफल भए । ओपनिङ ब्याट्स म्यान तामिम इक्बल तेस्रो ओभरमा ९ रन जोडेर पबिलियन फर्किए ।

साथै, अर्का ओपनर प्रदिप ऐरी २७ बल खेल्दै १ छक्का र ४ चौकाको सहयोगमा ३९ रन जोडे भने उपुल थरङ्गाले ३५ रन बनाए । कुशल मल्लले २० बल खेल्दै ३२ रन जोडे । रोहित कुमार पौडेलले १, आरिफ सेखले १५ रन जोड्दा रन आउट हुन पुगे । दुर्गेश गुप्ता सुन्य रनमा आउट भए ।

धमिका प्रसादले १ रन जोडे । काठमाडौंका जनक प्रकाश, सेर मल्ल र जितेन्द्र मुखियाले समान एक/एक विकेट लिए । साथै, सन्दीप लामिछाने र प्रीयन्जनले समान २/२ विकेट लिए ।

 



प्रतिक्रिया दिनुहोस्