Logo

प्रकाश दाहाल स्मृति बक्सिङ्ग कार्तिक २९ देखि काठमाडौंमा हुने



काठमाडौं, २० असोज । प्रकाश दाहाल स्मृति बक्सिङ्ग कार्तिक २९ देखि मंसिर ३ सम्म हुने भएको छ । काठमाडौंमा हुने खेलमा बक्सिङ्ग महिला र पुरुष तौल समूहमा खेलाइने जनाइएको छ ।

आइबाका नियम अनुसार प्रतियोगिता खेलाइने र प्रत्येक तौल समूहमा कम्तिमा १० हजार नगद पुरस्कार दिइने नेपाल बक्सिङ्ग संघका प्रवक्ता श्याम काजी अवालेले जानकारी दिए । प्रतियोगिताको कुल बजेट ३५ लाख रहेको जनाइएको छ ।

नेपाल बक्सिङ्ग संघका अध्यक्ष राम अवालेको संयोजकत्वमा विभिन्न उपसमितिहरु समेत बनाएर प्रतियोगिताको तयारी भएको जानकारी दिइएको छ ।



प्रतिक्रिया दिनुहोस्