Logo

एनएमबि बैंकको ब्रान्ड एम्बेस्डरमा पल शाह नियुक्त



काठमाडौं, २१ असोज । एनएमबि बैंकको ब्रान्ड एम्बेस्डरमा चर्चित अभिनेता पल शाह नियुक्त भएका छन् । बैंकले शाहसँग द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरी बैंकको ब्रान्ड एम्बेस्डर नियुक्त गरेको जनाएको छ ।

बैंकको अनुसार शाहले बैंकको व्यवसाय प्रवर्धनमा सहयोग गर्नेछन् । शाहसँगको सहकार्यले बैंकको प्रवद्र्धन गर्न थप सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

अभिनेता शाहले एनएमबि बैंकको ब्रान्ड एम्बेसडर भएर सहकार्य गर्न पाउँदा आफूलाई खुशी लागेको र बैंकको उत्तरोत्तर प्रगतिमा आफुले उत्कृष्ट भूमिका प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्