बाल मन्दिरलाई सनराइज बैंकको आर्थिक सहयोग


काठमाडौं, २१ असोज । सनराइज बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बाल मन्दिरलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो १४औं वार्षिकोत्सवको अवसरमा नेपाल बाल संगठन, बाल मन्दिर नक्साललाई सहयोग गरेको हो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले नेपाल बाल संगठन, बाल मन्दिरका अध्यक्ष विद्या उपाध्याय न्यौपानेलाई चेक हस्तान्तरण गरेका हुन् ।

बैंकले आफ्नो वार्षिकोत्सवमा नेपाल बाल संगठनलाई आवश्यक खाद्यसामाग्री, लत्ताकपडा आदि वितरण गदै आएकोमा यस वर्ष आउदै गरेको दशैंमा बालबालिकाको लागि नयाँ कपडा किन्नको लागि नगद १ लाख ५० हजार रुपैंया आर्थिक सहयोग गरेको छ ।
बाल हेरचाह, अनाथ, पिछडिएको, द्वन्द्व प्रभावित आदि बच्चाहरूको लागि शिक्षामा केन्द्रित सो संस्थालाई आउँदा वर्षमा पनि सहयोग गर्दै जाने प्रमुख कार्यकारी अधिकृत शर्माले बताए ।

साथै बैंकको गण्डकी प्रदेश कार्यालयको अगुवाइमा गण्डकी प्रदेश सरकारका शिक्षा, संस्कृति, विज्ञान र सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठको सहभागितामा अमोर सेवा नेपाललाई नगद र खाद्यसामाग्री वितरण गरेको छ ।