Logo

आईपीएलमा हैदरावादको जित, बैंगलोर ४ रनले पराजित



काठमाडौं, २१ असोज । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलोरमाथि जित निकालेको छ । दुबईमा बुधबार राति भएको खेलमा हैदरावादले बैंगलोरलाई ४ रनले पराजित गरेको हो ।

हैदरावादले दिएको १ सय ४२ रनको लक्ष्य पछ्याउने क्रममा बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो । बैंगलोरका लागि देबदुत पडिकलले सर्वाधिक ४१ रन जोड्दा ग्लेन म्याक्सवेलले ४० रन बनाए भने एबी डी भिलियर्सले अविजित रहँदै १९ रन जोडे । शाहबाज अहमेदले १४ बनाए भने श्रीकार भारतले १२ रन जोडे ।

हैदरावादका भुवनेश्वर कुमार, जासन होल्डर, राशिद खान, सिदार्थ कउल र उम्रन मलिकले समान एक÷एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो । हैदरावादका लागि जासन रोयले ४४ रन जोड्दा कप्तान केन विलियम्सनले ३१ रन बनाए । जासन होल्डरले १६, प्रियम गार्गले १५ रन जोडे भने अविशेक शर्माले १३ रन बनाए । बैंगलोरका हर्सल पटेलले ३ तथा डान क्रिस्टियनले २ विकेट लिए । यस जितसँगै हैदरावादले १३ खेलमा ६ अंक जोडेको छ । बैंगलोर १६ अंक सहित तेस्रो स्थानमा रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्