Logo

जुझारु युवा नेता विजय भट्ट भारी मतसहित जिल्ला सदस्यमा निर्वाचित



गोरखा, २१ असोज । नेपाली कांग्रेस गोरखा जिल्लाको कार्यसमिती गठन भएको छ । जिल्ला सभापति पदमा सर्वसम्मत भएता पनि बाँकी अरु पदमा भने निर्वाचन नै भएको थियो ।

गोरखा जिल्लाका जुझारु नेता विजय भट्टले अत्याधिक मत ल्याई सदस्य पदमा जित हासिल गरेका हुन । उनले आफ्नो पक्षमा ७४९ मत पारेका थिए ।

को हुन त ? भारी मतका साथ सदस्य पदमा विजयी हुने विजय भट्ट ?

२०६५ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा होमिएका भट्ट आफैमा प्रखर वक्ता, जोशिला र दुरदर्शी छन । गो.न.पा १ घर भएका भट्ट २०६८ सालदेखी नेविसंघमा आफ्नो राजनीति स्थापित गरेको बताउछन । उनी २०७१ सालमा नेविसंघ काठमाडौ इन्जिनियरिङ कलेजको उपसभापति हुँदै सभापतिमा चयन भई विद्यार्थी हक हितको लागि आवाज उठाउने विद्यार्थी नेताका रुपमा चिनिन्छन ।

प्राविधिक विद्यार्थी परिषदको केन्द्रिय उपाध्यक्ष भएर पनि भट्टले थुप्रै आर्थिक अवस्था कमजोर भएका , न्यून आय स्रोत तथा केही आपतविपतमा परेका विद्यार्थीहरुलाई सौहाद्र पुर्ण ढंगले सहयोग गर्दै आएका थिए ।

युवा विद्यार्थीहरु माझ निकै नै लोकप्रिय रहेका भट्टले आफू पार्टीमा लाग्नु भनेको युवाहरूको पार्टीमा संलग्नता बढाउनु नै प्रमुख कारण रहेको बताए । युवाहरु राजनिती बाट पछि हटदै गर्दा उनले देशको राजनीति र समग्र देशको अवस्था बदलन सबै युवा शक्ति राजनीतिमै होमिनुपर्नेमा जोड दिएको बताए ।

जिल्लामा विभिन्न महामारी तथा विपत्ति संकट आउदा पहिले अग्रसर भएर सहयोग तथा सेवा गर्ने भट्टले आर्थिक असक्षम भएका विद्यार्थीहरुलाई पढाउने , रोजगारी लगाईदिने काम पनि गर्दछन ।

अग्रज र युवालाई पार्टीमा सङसङै लैजानु पर्नेमा पनि भट्ट्ले पहिलैदेखी जोड दिदै आएको बताएका छन । कांग्रेस पार्टी भित्रको लोकतान्त्रिक अभ्यासलाई जिवित राख्दै संगठन मजबुत बनाउने काममा लागि आफुले सदस्य पदबाट जे जति गर्न सकिन्छ त्यो काम आफुले गर्दै जाने बताएका छन ।

उनले आफुलाई अत्याधिक मतदान गरि सदस्य पदमा जिताउनु हुने सबैलाई धन्यवाद दिनुका साथै आगामी दिनमा यसैगरी साथ र सहयोग गर्दै जानुहुन सबैलाई आग्रह समेत गरेका छन ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्