Logo

ईपीएलमा फाइनलको लागि भैरहवा र पोखरा भिड्दै



काठमाडौं, २१ असोज । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (बिहीबार) दोस्रो क्वालिफायर अन्तरगत भैरहवा ग्लाडियटर्स र पोखरा राइनोजबिच खेल हुँदैछ । टियू क्रिकेट मैदानमा हुने भैरहवा र पोखराबीचको खेल १२ः४५ बजे सुरु हुनेछ ।

आजको खेलमा दुबै टोली फाइनल पुग्ने लक्ष्य सहित मैदानमा उत्रिनेछन् । भैरहवाका कप्तान शरद भेष्वाकर रहेका छन् भने विनोद भण्डारीले पोखराको कप्तानी गर्ने छन् । यस खेलको विजेताले उपाधिका लागि चितवन टाइगर्ससँग शनिबार प्रतिस्पर्धा गर्नेछ । भैरहवा एलिमिनेटरमा काठमाडौं किंग्स–११ लाई १६ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो ।



प्रतिक्रिया दिनुहोस्