Logo

पाकिस्तानमा भूकम्प, कम्तीमा २० जनाको मृत्यु



एजेन्सी, २१ असोज: पाकिस्तानको बलोचिस्तान प्रान्तमा ५.९ म्याग्निच्युडको भुकम्प गएको छ। आज (बिहीबार) गएको भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ भने कम्तीमा १५० जना घाइते भएका छन्।

५.९ म्याग्निच्युड मापन गरिएको उक्त भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट नौ किलोमिटर गहिराइमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण (यूएसजीएस)ले जनाएको छ । भूकम्पका कारण भवनहरू ढल्दा मानिसको मृत्यु भएको जनाइएको छ ।

एक अधिकारीका अनुसार १०० भन्दा बढी माटोका घरहरू ढलेका छन् ।त्यहाँ ठूलो संख्यामा भवनहरू क्षतिग्रस्त भएका छन् । उद्धारकार्य जारी छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्