Logo

लखिमपुर खेरी हिंसाः पिडित परिवारसँग भेट्न पुगे राहुल र प्रियंका



एजेन्सी, २१ असोज । भारतीय काँग्रेस आईका नेता राहुल गान्धी र महा–सचिव प्रियंका गान्धी वाड्रा लखिमपुर खेरीमा भएको हिंसाको अवलोकन गर्दै मृतकको परिवारसँग भेटेका छन् । उनीहरुले आज उक्त स्थानमा पुगि भेटघाट गरेका हुन् ।

उनीहरु सर्वप्रथम भागवतनगरस्थित पिडित परिवारसँग भेट गर्दै अन्य स्थानमा रहेको पिडित परिवारसँग भेटेको जनाइएको छ । परिवारसँग भेट गर्ने क्रममा राहुल गान्धीले भनेको विषयलाई उदृत गर्दै सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले लेखेको छ,‘पिडित परिवारहरु पोस्ट मार्टम रिपोर्ट सित सन्तु्ष्ट छैनन् । उनीहरुले सरकारसँग न्यायको आपेक्षा गरेका छन् ।’-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot