Logo

टाटा मोटर्सद्वारा अल्ट्रोज बिएस ६ एक्सएम प्लस नेपालमा घटस्थापनाको दिन (आज) सार्वजनिक गरिंदै



काठमाडौ, २१ असोज । भारतको प्रमुख अटो ब्रान्ड टाटा मोटर्सले आफ्नो प्रिमियम ह्याचब्याक टाटा अल्ट्रोज बिएस ६ को एक्सएम प्लस भेरियन्ट नेपालमा लन्च गर्ने घोषणा गरेको छ । नेपाली मूल्य ३५ लाख ९६ हजार पर्ने एक्सएम प्लस भेरियन्टमा अनेक रोमाञ्चक सुविधाहरू छन्, जसलाई पाएर ग्राहकहरू खुसी हुने विश्वास गरेको छ । एप्पल कार प्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी र १७.७८ सेमी टचस्क्रिन इन्फोटेन्मेन्टले ड्राइभिङको बेला ढुक्क र एडभान्स अनुभूति दिनेछ ।

यसमा स्टेरिङ माउन्टेड कन्ट्रोल, भ्वाइस कमान्ड रिकग्निसन, स्टाइलाइज्ड ह्वील कभर र आर–१६ ह्वील र रिमोट फोल्डेबल चाबी सुविधाले ग्राहकलाई ड्राइभिङमा थप आनन्द दिने कम्पनीले जनाएको छ । कम्पनीले यात्राको क्रममा आनन्द र सहजताको खोजीमा हुन्छ, जसलाई अल्ट्रोजको एक्सएमप्लस भेरियन्टले पूरा गरिदिने बताएको छ ।

कम्पनीको अनुुसार गाडीको क्वालिटीमा मात्रै होइन, लुक्समा ग्राहकको पूरापूर ध्यान दिएर निर्माण गरिएको छ । गाडीको लुक्सलाई स्ट्रक्चरले मात्रै होइन, रङले पनि फरक पार्ने कम्पनीको जनाएको छ । अल्ट्रोजको एक्सएमप्लस भेरियन्ट हाई स्ट्रिट गोल्ड, डाउनटाउन रेड, एभेन्यु ह्वाइट र मिडटाउन ग्रे गरी चार रङमा उपलब्ध हुनेछ । यस्तो विकल्पले ‘चुजी’ ग्राहकसमेत आकर्षित गर्नेछ ।

पेट्रोल पावरट्र्ेनमा उपलब्ध यस भेरियन्टमा ग्राहकले साधारणतया प्रिमियम भेरियन्टमा मात्रै उपलब्ध हुने सुविधासमेत अल्ट्रोजको एक्सएमप्लस पाउनेछन् । यी सुविधाबाट लाभान्वित ग्राहकहरूका लागि अर्को महत्वपुर्ण फाइदा सूपथ मूल्य पनि छ । यो आफैमा आकर्षक त छदै छ ।

सेप्टेम्बर २०२० मा लन्च गरिएको अल्ट्रोजले नेपालको प्रिमियम ह्याचब्याक बजारमा राम्रोसँग सबैको ध्यान खिचेको साँचो हो । यस गाडीको स्टालिइस डिजाइन र सुगमता राम्रो र सुरक्षाको श्रेणीमा यो सर्वश्रेष्ठ रहेकाले गाडी पारखीहरूले निकै प्रशंसा गरेको कम्पनीको भनाई छ । अल्ट्रोजले नेसनल लन्चको बेलामै प्राप्त गरेको पा“चतारे ग्लोबल एनसीएपी एडल्ट रेटिङ यसको सुरक्षाको बलियो प्रमाण बन्न पुगेको कम्पनीले दाबी गरेको छ ।

अल्ट्रोज स्पोर्ट्स टाटा मोटर्सको इम्प्याक्ट डिजाइन २.० मा आधारित छ । र, यो अल्फा आर्किटेक्चरमा विकास गरिएको कम्पनीको पहिलो सवारी साधन पनि होे ।
आफ्ना ग्राहकहरूका लागि सुलभ मूल्यमा टचस्क्रिन इन्फोटेन्मेन्ट ल्याइदै
–घटस्थापनाको दिन बिहान १०ः३० बजे टाटा मोटर्स नेपालको आधिकारीक फेसबुक पेज र ग्यालेक्सी फोर के टिभी बाट भिडियो सार्वजनिक

घटस्थापनाको दिन बूकिंग गर्नुहुने ग्राहकलाई थप रु १००,००० छुट



प्रतिक्रिया दिनुहोस्