Logo

एमाले नेता भानुभक्त जोशी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश, माधव नेपालले गरे स्वागत



काठमाडौं, २१ असोज । नेकपा (एमाले) परित्याग गरी भानुभक्त जोशी नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन् । आज (बिहीबार) एक कार्यक्रमको आयोजना गरी अध्यक्ष माधवकुमार नेपालले जोशीलाई स्वागत गरेका हुन् । नेता नेपालले जोशीलाई पार्टीको स्थायी कमिटी सदस्यमा ल्याउने पनि जानकारी दिए ।

उनले आफूले पार्टी एकता गर्न सकिन्छ कि भनेर एमालेमा धेरै प्रयत्न गरेको पनि सुनाए । तर, पछिल्लो समय दश बुँदे सहमतिसमेत कार्यान्वयन नभएको उनको भनाई छ । उनले एमालेमा पूरानै प्रवृत्ति देखिएकोले आजकै मितिबाट एमालेको केन्द्रीय सदस्यबाट राजीनामा दिने निर्णय गरेको र नेकपा (एकीकृत समाजवादी) मा समाहित हुने निर्णय गरेको जनाए ।

उक्त कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरुले बाध्य भएर अर्को क्रान्तिकराी पार्टी निर्माण गरेको स्पष्ट पारेका छन् । उनले भने,‘नेकपा एमाले सबै हिसाबले पतनको दिशामा गैसकेको छ । अन्तिम प्रयत्न गर्दापनि त्यो पार्टीलाई ठीक ठाउँमा ल्याउन नसकिने निश्कर्षमा पुगेर, हामीले क्रान्तिकारी पार्टी निर्माण गर्यौं ।’

उनले नेता भानुभक्त जोशी समाजवादी पार्टीमा प्रवेश गरेकोमा खुशी व्यक्त गरे । उनले भने,‘कमरेड भानुभक्त जोशी नेकपा एमाले परित्याग गरी नयाँ उत्साह लिएर हाम्रो पार्टीमा समाहित हुनुभएको छ । सिंगो पार्टी र परिवारको तर्फबाट स्वागत छ । उहाँले नयाँ यात्रा प्रारम्भ गर्नुभएको छ ।’

आफूहरुको नयाँ यात्रामा सबैभन्दा पहिलो अवरोध केपी ओलीले गुटले गर्ने पनि उनले औंल्याए । तर, उक्त भ्रमलाई चिर्नुपर्ने भन्दै सोहीअनुसार अघि बढ्न पनि उनले आग्रह गरेका छन् । उनले भने,‘एमालेको अवरोधहरुलाई पन्छाउनुपर्ने हुन्छ । पार्टी पँक्तिमा र नेकपा (एमालेको भ्रम) मा सत्य तथ्य कुरा जानकारी गराउनुपर्ने । केपी ओली सबै हिसाबले कम्युनिष्ट आन्दोलनबाट च्यूत भैसकेका छन् ।’-तस्बिरः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्