Logo

नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका भानुभक्त जोशी स्थायी कमिटी सदस्य बने



काठमाडौं, २१ असोज । आजमात्रै नेकपा (एमाले) परित्याग गरी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका भानुभक्त जोशीलाई नयाँ पार्टीमा स्थायी कमिटी सदस्यको जिम्मेवारी दिईएको छ । यसअघि उनी एमालेमा केन्द्रीय सदस्यमात्रै थिए ।

एमाले नेता भानुभक्त जोशी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश, माधव नेपालले गरे स्वागत

आजमात्रै उनले एमाले परित्याग गरेको र नेकपा (एकीकृत समाजवादी) मा आफू समाहित भएको जानकारी दिएका थिए । उनलाई अध्यक्ष माधवकुमार नेपालले पार्टीमा स्वागत गरेका थिए । जोशीले एमालेमा सहमति कार्यान्वयन नभएको र पूरानै शैलीमा पार्टीलाई चलाउन खोजिएकोले आफूले परित्याग गरेको स्पष्ट पारेका छन् ।

-तस्बिरः मुकुन्द कालिकोटे रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्