Logo

मन्त्री छान्न नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक सुरू



काठमाडौं, २१ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले सकेसम्म आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । यसको लागि उनले सरकारमा सहभागी हुने दलका नेताहरुलाई मन्त्रीको नाम दिन भनिसकेका छन् । माओवादी केन्द्रले तीन मन्त्री र एक राज्यमन्त्रीको नाम हिजै टुँगो लगाएको छ ।

माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशि श्रेष्ठ, महेश्वर गहतराज र बोद्यमायाकुमारी यादवको नाम सिफारिश गरिएको छ । उता, माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले भने मन्त्री छनौट गर्न सकेको छैन् । त्यसको लागि अहिले स्थायी कमिटी बैठक बसिरहेको छ ।

नयाँ बानेश्वरमा सुरु भएको स्थायी कमिटी बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुँगो लगाउने बुझिएको छ । नेकपा (एकीकृत समाजवादी) बाट विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने भनिएको छ । त्यस्तै, रामकुमारी झाँक्री, प्रेम आले, मेटमणि चौधरी र किसान श्रेष्ठको नाम मन्त्री बन्ने चर्चामा छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot