Logo

चीनको ५६ वटा लडाकु विमान ताइवानको प्रतिरक्षा क्षेत्रभित्र



एजेन्सी, २१ असोज। चीनले दाबी गरिरहेको ताइवान नजिकको टापुमा चिनियाँ सैनिकले ५६ वटा लडाकु विमान पठायो संगै यसले नया इतिहास कायम गरको छ। उक्त गतिविधिप्रति अमेरिकाले चासो व्यक्त गरिरहँदा चीनले उक्त क्षेत्रमा थप ५६ वटा सैनिक विमान पठाएको हो । चिनियाँ विदेश मन्त्रालयले सोमबार ताइवान क्षेत्रको स्वतन्त्रता सुनिश्चित गर्न लडाकु जहाजहरु त्यसतर्फ पठाएको जनाएको छ ।

ताइवानको प्रतिरक्षा क्षेत्रमा आज दिउँसो ५२ वटा सैनिक विमान पठाइने छन् जसमा युद्धमा प्रयोग हुने एयरक्राफ्ट, फाइटर जेट, एन्टी-सबमरिन जहाजहरु समाबेश रहेको चिनियाँ संचारमाध्यम ग्लोबल टाइम्सले लेखेको छ ।

सोमबार राती १४ वटा लडाकु जहाजहरु त्यसतर्फ प्रस्थान गरेका छन् । आज त्यहाँ पठाइएका जहाजहरु अहिलेसम्म एकैदिनमा पठाइएका धेरैमध्ये हुन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हु चुनिङले ताइवान चीनको अंग भएको बताएका छन् । चीनले आफ्नो समुन्द्री क्षेत्रको रख्स्य का लागि त्यहाँ ड्रिल गरिरहेको जनाइएको छ।-Photo Source: Global Times



प्रतिक्रिया दिनुहोस्