Logo

वायुसेवा निगमका पुर्वअध्यक्ष चुतुर्वेदीको घरको चौथोतलाबाट खसेर निधन



काठमाडौं, २१ असोज । नेपाल वायुसेवा निगमका पुर्वअध्यक्ष रामाज्ञाप्रसाद चर्तुवेदीको घरको चौथोतलाबाट खसेर निधन भएको छ । निर्माणाधिन ८ तले घरको चौथो तलाबाट खसेर उनको निधन भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आज बिहान चाबहिल छेउ बुलबुलेस्थित निर्माणधिन घरको चौथो तलाबाट खसेर चर्तुवेर्दीको निधन भएको हो । ७४ वर्षीय चतुवेर्दीले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।

पोस्टमार्टमको लागि उनको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज राखिएको छ ।



प्रतिक्रिया दिनुहोस्