Logo

गायक सागर धिमालको दशैगीत ‘हर्षमय’ सार्वजनिक



काठमाडौं, २१ असोज । गायक सागर धिमालको दसैं, तिहार गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । हरि गजुरेलको लय, शब्द र सागर धिमालको आफ्नै संगीत रहेको गीत ‘हर्षमय’ सार्वजनिक भएको हो ।

यस गीतमा धिमालले आफ्ना परम्परा, मूल्य, मान्यताका अहम भावहरुलाई उच्चतम महत्व दिएर आधुनिकताको सुनौलो आयाममा गीतलाई अलि पृथक रुपमा पस्केका छन्।

आज डिजिटल दुनियाँ र नयाँ पुस्तालाई दसैं, तिहारको महत्व दर्शाउन यी पर्वहरुको ऐतिहासिकता बुझाउँदै दसैं महिमा गाएको यो गीतले तिहारमा देउसी भैलो, दिदी, भाइप्रतिको आपसी सम्मान, माया र प्रेमको कुरालाई पनि सुन्दर रुपमा उजागर गरेको छ ।

भिडियोको एरेन्ज सरोज बिष्टले गरेका छन् भने सम्पादन अभिषेक राजोपाध्यायाले गरेका हुन् । निर्देशन राम तामाङको रहेको छ ।

भिडियो हेर्नुहोस्:

 



प्रतिक्रिया दिनुहोस्