Logo

नेकपा एस सरकारमा जान रोकिनसक्ने



काठमाडौं, २१ असोज । नेकपा एकीकृत समाजवादी पार्टी सरकारमा जानबाट रोकिनसक्ने सम्भावना बढेको छ । यसअघि भएको सहमति भन्दा कम संख्याको मन्त्रालय पाउने भएपछि नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल असन्तुष्ट भएपछि रोकिने सम्भावना बढेको हो ।

नेकपा एसले ५ मन्त्री र १ राज्यमन्त्री पाउने सहमति विगतमै भएको बुझिएको छ । तर, देउवाले ४ मन्त्री र १ राज्यमन्त्री दिने तयारी गरेका छन् ।

विगतको सहमति तोड्न खोजेको भन्दै नेकपा एसको हाइकमान्डभित्र यसबारे गम्भीर समिक्षा भएको छ । सरकारमा नगएपनि नेकपा एसले देउवालाई दिदै आएको समर्थन फिर्ता नलिने भएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्