Logo

दशैँको शुभारम्भ: काठमाडौंको बसन्तपुरस्थित् दशैँघरमा राखियो जमरा (फोटोफिचर)



काठमाडौं, २१ असोज । आज दशैँको पहिलो दिन घटस्थापनाको अवसरमा काठमाडौंको बसन्तपुरस्थित् दसैँघरमा पनि जमरा राखिएको छ । घटस्थापानाको शुभसाइतमा जौ छरेर जमरा राखिएको हो ।

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व वडा दशैँ आजदेखि सुरु भएको छ । आज बडादशैँको पहिलो दिन समस्त हिन्दुले आफ्नो मूलघरको पूजाकोठामा घटस्थापना गर्दैछन् । वडा दशैंको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिँदैछ। आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ।

आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा विधिपूर्वक राखेर त्यसमाथि जौ (यव) रोप्ने गरिन्छ।

-तस्बिरः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्