Logo

गृहमन्त्री खाँणद्वारा बाढीपहिरा प्रभावित मनाङको अनुगमन



मनाङ, २१ असोज: गृहमन्त्री बालकृष्ण खाँणले जिल्लास्थित बाढीपहिराले क्षति पु¥याएको क्षेत्रको आज अनुगनमन तथा निरीक्षण गरे । उनलाई प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले गत असारमा अकल्पनीय रुपमा गएको बाढीले जिल्लामा क्षति पु¥याएको संरचना तथा पुन निर्माणका बारेमा जानकारी गराएका थिए ।

सोही अवसरमा गृहमन्त्री खाँणले जिल्लास्थित सुरक्षा निकाय तथा कार्यालय प्रमुखसँग भेटघाट गरी सेवा प्रवाहलई थप चुस्त बनाउन निर्देशन दिएका थिए । बाढीले सबैभन्दा बढी ताल गाउँमा क्षति पु¥याएको थियो । सो अवसरमा पूर्व श्रम राज्य मन्त्री टेकबहादुर गुरुङले बाढी पहिरो प्रभावित जनताको जीविकोपार्जन तथा ती क्षेत्रको पुननिर्माण गर्न सरकारसँग आग्रह गरे ।-रासस



प्रतिक्रिया दिनुहोस्